राजपाको अध्यक्षमण्डल संयोजकमा पुनः ठाकुर

राजनीति

9/23/2019

काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालको संयोजकको जिम्मेवारी पुनः महन्थ ठाकुरलाई दिइएको छ ।

आइतबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा संयोजक राजकिशोर यादवको नेतृत्वमा बसेको बैठकले सोमबारदेखि महन्थ ठाकुरलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

पार्टीको विधान अनुरुप चक्रीय प्रणालीमा संयोजक परिवर्तन भएको राजपा नेपालले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ ।

यसअघि पनि राजपा गठन भएको करिब डेढ वर्षसम्म संयोजकको जिम्मेवारी ठाकुरले नै सम्हाल्दै आएका थिए ।

सपश्चात् चक्रीय प्रणालीअनुसार दुई–दुई महिनाका लागि संयोजक परिवर्तन हुँदै आएको छ ।

६ वटा पार्टी मिलेर राजपा नेपाल पार्टी निर्माण भएसँगै चक्रीय प्रणाली अनुरुप चल्दै आएको राजपा नेपालले कार्तिक २७, २८ र २९ गते महाधिवेशन मिति तोक्दै त्यसपछि एकल नेतृत्वमा जाने बताएको छ ।

तर राजपा नेपालका अध्यक्ष मण्डलका अर्को सदस्य महेन्द्र राय यादवले मधेशवाणीसँगको कुराकानीमा महाधिवशेनभन्दा पनि समाजवादी पाटीसँगको एकीकरण प्राथमिकतामा रहेको बताएका छन् ।

उनले भने, ‘एकता प्रमुख विषय हो । वार्ताको टेबुलमा हामी छौं, यहाँ रहुन्जेलसम्म महाधिवेशनको वातावरण बन्दैन । एकता गर्ने र संयुक्त महाधिवेशन गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ