राजपाका मतदाताहरुलाई ह्वीप

राजनीति

1/18/2020

काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार एक विज्ञप्तिमार्फत् हृवीप जारी गरेका हुन् ।

राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकमा शेखरकुमार सिंह तथा नेकपाले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।

राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ