काठमाडौं, १३ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले डाकेको राजनीतिक समितिको बैठक स्थगित भएको छ ।
संयोजक यादवले अध्यक्षमण्डलमा छलफल नै नगरी एकलौटीरुपमा राजनीतिक समितिको बैठक बोलाएको भन्दै चर्को विरोध भएपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ ।
संयोजक यादवले शुक्रवार र शनिवारका लागि राजनीतिक समितिको बैठक बोलाएका थिए । यादव संयोजक भएदेखि अध्यक्षमण्डलको बैठक बस्न सकेको छैन ।
महाधिवेशन नजिकिँदै गर्दा तयारी नभइरहेको बेला संयोजक यादवले राजनीतिक समितिको बैठक आह्वान गरेका थिए ।
तर, विधानअनुसार अध्यक्षमण्डलको सहमतिबिना कुनै निर्णय नहुने भएकोले केही नेता कार्यकर्ताले विरोध जनाएका थिए ।
राजनीतिक समितिको बैठक स्थगित गरेर आज अध्यक्षमण्डलको बैठक बोलाइएको छ ।
अध्यक्षमण्डलको बैठकबाट महाधिवेशनको तयारी र समाजवादी पार्टीसँग एकताका लागि भइरहेको अनौपचारिक/औपचारिक वार्ताबारे छलफल हुनेछ ।
तपाईको प्रतिक्रिया