महोत्तरी, ९ बैशाख । पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीले आफ्नो सम्पूर्ण गतिविधि तीन दिनसम्मका लागि स्थगित गरेको छ ।
राजपा नेपाल महोत्तरीले मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन तथा पिपरा गाउँपालिकाका जनताप्रति समवेदना प्रकट गरेको छ ।
साथै जिल्ला कार्य समिति महोत्तरीले पार्टीको झण्डा आधा झुकाउनुको साथै पार्टीका समपूर्ण गतिविधि तीन दिनसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
अध्यक्ष चौधरीको आइतबार उपचारको क्रममा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया