राजपाका संयोजक भण्डारी

राजनीति

3/20/2019

काठमाडौं, ६ चैत । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका संयोजकमा शरत्सिंह भण्डारी भएका छन् ।

राजपा नेपालको विधानमा रहेको चक्रीय प्रणालीअनुसार अध्यक्षमण्डलका संयोजक दुई–दुई महिनामा परिवर्तन हुने प्रावधान अनुसार आजदेखि संयोजकत्वको कार्यभार भण्डारीको जिम्मा आएको छ ।

भण्डारी अध्यक्षमण्डलका संयोजक भएसँगै उनीमाथि धेरै चुनौतीहरु देखिएको छ ।

राजपाको आगामी बाटो तय गर्नुपर्ने र महाधिवेशन पनि नजिकिँदै गएको छ । महाधिवेशन आगामी बैशाख ७, ८ र ९ गते नै तोकिएको छ ।

एकताको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने जिम्मेवारी भण्डारीको काँधमा आएको हो । अहिलेसम्म विभिन्न तहका अधिवेशन पनि हुन सकेको छैन । अतः भण्डारीको यो कार्यकाल एकदमै चुनौतीपूर्ण छ ।

भण्डारी अहिले स्वास्थोपचारका लागि भारतको नयाँदिल्लीमा छन् । उनी उताबाट फर्किएपछि कार्यभार सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ