काठमाडौ, ३० असोज । दसैं तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्न नेकपाले आयोजना गरेको चियापान कार्यक्रम राजपाले वहिष्कार गरेको छ ।
राजपाले नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापानको कुनै निम्तो नआएकाले सहभागी नभएको जनाएको छ । राजपाका महासचिव केशब झाले नेकपाले चियापानको निम्तो नआएका कारण सहभागी नभएको दाबी गरे ।
कार्यक्रममा राजपाका कुनै नेता तथा कार्यकर्ता उपस्थित थिएनन् । तर, कांग्रेसको चियापानमा राजपा महन्थ ठाकुर सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया