राजपाद्वारा समवेदना प्रकट

राजनीति

4/22/2019

काठमाडौं, ८ बैशाख । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधनप्रति राष्ट्रिय जनता पार्टी नेपालले समवेदना प्रकट गरेको छ ।

राजपाका संयोजक शरत्सिंह भण्डारीले आइतबार एक विज्ञप्ति जारी गरी चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

राजपा नेपालले एक संघर्षशील, होनहार, जुझारु एवं जनप्रिय नेता गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ