काठमाडौं, २२ बैशाख । मधेश थरुहट आन्दोलनका क्रममा भएका घटनाहरुको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गराउन राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीषचन्द्र लालको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन बुझाएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सरकारले सार्वजनिक गरेको छैन ।
राजपा नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनका लागि पटक–पटक संसद पनि अवरोध गर्दै आएको छ । सभामुखले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ्ग जारी गरेपनि अहिलेसम्मले अटेरी गर्दै आएको आरोप राजपाको छ ।
आइतबारको बैठक पनि राजपाका सांसद लक्ष्मण लाल कर्णले सो प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सांसद कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
तपाईको प्रतिक्रिया