राजपाले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने

राजनीति

9/4/2019

काठमाडौं, १७ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले नेपालको संविधानको जारी भएको दिन असोज ३ लाई विरोध दिवसको रुपमा मनाउने जनाएको छ ।

राजपा अध्यक्षमण्डलको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले असोज ३ लाई देशव्यापीरुपमा विरोध दिवस मनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जनाएका छन् ।

यसैगरी, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्ने प्रतिवद्धता जनाएको छ । प्रदेश सरकारसँग समन्वय गरेर समग्र पर्यावरणीय प्रभाव मूल्याङ्कन गरी द्रुत गतिमा विमान स्थल निर्माणका कार्य थाल्न राजपाले आग्रह गरेको छ ।

विमानस्थल निर्माण गर्दा अनावश्यक रुख नकाट्न, वनस्पति एवं वन्यजन्तुको विनास रोक्न, वन्यजन्तुको विचरण एवं जैविक मार्गलाई बाधा नपु¥याउन, वनदेखि तल्लो क्षेत्रका बासिन्दाको पिउने पानी तथा नदीनालामा असर नपुग्ने गरी गम्भीरता पूर्वक निर्माण कार्य अघि बढाउन राजपाले सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ