राजपाले ९ बुँदे माग राख्दै जारी गर्यो सर्कुलर

राजनीति

4/10/2019

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टी नेपालले ९ बुँदे माग सार्वजनिक गर्दै सर्कुलर जारी गरेको छ ।

बुधबार राजपा नेपालको अध्यक्षमण्डलको बैठकले सरकारमाथि दबाबस्वरुप चैत २९ गते शुक्रबार सबै जिल्लाहरुमा प्रदर्शन र कोणसभा आयोजना गर्न निर्देशन दिएको हो ।

राजपाले ‘२९ गतेको प्रदर्शन र कोणसभा किन ?’ भन्ने शीर्षकमा आफ्ना मागहरु लेखी पर्चा छपाई वितरण गर्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, संविधान संशोधनको माग पूरा गर, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहा गर, आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर र जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर लगायतका मागहरु छन् ।

यसैगरी, लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर, भ्रष्टाचारी, कालोबजारी, महँगी, बेरोजगारी बन्द गर, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर र राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर माग राजपाले राखेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ