राजपा धनुषाले पनि मनायो स्थापना दिवस

राजनीति

4/20/2019

जनकपुरधाम, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल धनुषाले पनि आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

शनिबार जनकपुरधाममा आयोजित तेस्रो वार्षिकोत्सव कार्यक्रम धनुषा अध्यक्षमण्डलका संयोजक प्रमोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रामनरेश राय रहेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा मन्त्री रायले मधेशी जनताको भावनाअनुरुप नै मधेशका ६ वटा दल एकजुट भएर राजपा नेपाल निर्माण भएको धारणा राखेका थिए । मधेशी जनताको आशा केन्द्र राजपा नै रहेको समेत मन्त्री रायले बताए ।

यसैगरी, कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रले राजपाले मात्र मधेशीसहित मुलुकका उत्पीडित जनताहरुको अधिकार स्थापित गराउने दाबी गरेका छन् ।

मन्तव्य राख्दै विद्यार्थी नेता मिश्रले मधेश आन्दोलनबाट प्राप्ति उपलब्धि सुरक्षित गर्दै थप हक अधिकार प्राप्तिका लागि एकताको विकल्प नरहेको जिकिर गरेका छन् ।

कार्यक्रममा राजपाका धनुषा जिल्ला अध्यक्षमण्डलका नेताहरु, प्रदेशसभा सदस्यहरु, राविसंघका केन्द्रीय उपाध्यक्ष मिथलेश यादव, केन्द्रीय महासचिव रोशन मिश्र लगायतका नेता कार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ