जनकपुरधाम, ४ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी थालेको छ । उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न सम्बन्धित जिल्लाहरुलाई पार्टीले निर्देशन दिएको छ ।
आगामी मंसीर १४ गते प्रतिनिधि र प्रदेशसभा तथा स्थानीय तहको विभिन्न पदको लागि हुने उपनिर्वाचनका लागि ३/३ वटा सम्भावित उम्मेदवारको नाम चयन गर्न संयोजक महन्थ ठाकुरले निर्देशन दिएका छन् ।
ठाकुरले जिल्ला संयोजकहरुलाई पत्र लेख्दै अध्यक्षमण्डलका सबै सदस्यहरुलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई बैठक बसेर सोही बैठकबाट उम्मेदवारको नाम छनौट गर्न भनेका छन् । कात्तिक १३ गते अपरान्ह ५ बजेसम्म अनिवार्य रुपमा राजपाको केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम पठाउन पत्रमा निर्देशन दिइएको छ ।
तपाईको प्रतिक्रिया