काठमाडौं, ८ बैशाख । सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको प्रावधानसँगै राजनीतिक दलहरुमा अहिले फुटको चर्चा हुन थालेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन राजनीतिक दलसम्बन्धी प्रावधान ल्याएको छ । सो प्रवाधानका विषयमा खासगरी राजपा र समाजवादी पार्टी फुट्ने चर्चापरिचर्चा सुरु भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले राजनीतिक दलसम्बन्धी सो प्रावधानले राजपा वा समाजवादी नफुट्ने प्रष्ट्याएका छन् ।
उनले सो प्रावधानले राजपा र समाजवादीबीच एकतामा बल नै पुगेको दाबी गरेका छन् । राजपालाई कसैले फुटाउन नसक्ने जिकिरसमेत गरेका छन् ।
उनले अहिले महाविपतको बेला सरकारले फोहोरी खेल खेलेको आरोप समेत लगाए । जनताको जीवन रक्ष ागर्ने बेलामा यस्तो कार्य मानवताविरुद्धको अपराध रहेको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया