रौतहट, २१ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रौतहटमा पेशीका लागि रौतहटको गौर आएका डा.राउतलाई उनकी छोरीसहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
रौतहट अदालतमा पेशीका लागि डा. राउत ४ वर्षकी छोरीसहित अदालतमा उपस्थित भएका थिए ।
डा. राउत गौर आउँदा हजारौंको संख्यामा उनका समर्थकहरुसमेत जम्मा भएका थिए । राउतलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया