जनकपुर, २२ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघमा विभिन्न दलमा आबद्ध विद्यार्थीहरु प्रवेश गरेका छन् । धनुषामा हिजो एक कार्यक्रमका बीच जनकपुरका चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता संघमा प्रवेश गरेको रा.वि.संघका महासचिव रंजित निष्पक्षले जनाएका छन् ।
राष्ट्रिय विद्यार्थी संघ विद्यार्थीहरुको हक, अधिकार, पहिचान र विद्यार्थीहरुको समस्यामा काँधमा काँध मिलाएर अघि वढिरहेको एकमात्र संगठन हो रा.वि संघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ।
पटक–पटक भएको मधेश आन्दोलनको क्रम्मा रा.वि.संघको अग्रीम भुमिका रहेको र विद्यार्थीहरुको समस्यालाई लिएर पटक–पटक आन्दोलन र संघर्षबाट विद्यार्थीहरुको समस्या समाधान गराउने एकमात्र संगठन रहेको महासचिव निष्पक्षले जनाएका छन् ।
राष्ट्रिय विद्यार्थी संघ, रा.वि एकाई कमिटिका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि जनकपुर उप–महानगरपालीका वडा नं–४ का वडा अध्यक्ष सुदर्शन सिंह, विशिष्ठ अतिथि रा.वि.संघका सह–सचिव रोशन मिश्र र विद्यार्थी नेता रोशन साह लगायत नेताहरुको उपस्थितिमा पार्टी प्रवेश सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया