राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्षसहित ४० जिल्लाका नेता कार्यकर्ता राजपामा प्रवेश गर्दै

राजनीति

3/8/2019

काठमाडौं, २४ फागुन । राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष मानध्वज बलोनको नेतृत्वमा ४० जिल्लाका नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गर्दैछन् ।

राजपा अध्यक्षमण्डलका नेताहरुसहित शीर्ष नेताहरुले राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्षसहित सयौं नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको महासचिव केशव झाले मधेशवाणीलाई जानकारी दिएका छन् ।

आज दिउँसो १ बजे काठमाडौंको गोंगबुस्थित सौगात पार्टी प्यालेशमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचनमा दर्ताको पार्टी हो र नेपालको ७७ वटै जिल्लामा संगठन रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ