विभिन्न ठाउँमा राष्ट्रिय झण्डा राखिने

राजनीति

9/19/2019

विराटनगर, २ असोज । संविधान दिवसको अवसरमा प्रदेश १ का विभन्न ठाउँमा राष्ट्रिय झण्डा राखिने भएको छ । तीन दिने कार्यतालिका बनाउँदै प्रदेश सरकारले बिहीबार प्रदेश १ का विभिन्न २५ स्थानमा राष्ट्रिय भण्डा राख्ने भएको हो । बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलमा राष्ट्रिय झण्डा राख्नेछन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार जिल्लाका सदरमुकाम र मुख्य बजारहरु गरी २५ स्थानमा राष्ट्रिय झण्डा राखिने छ । बिहीबार नै सरकारी कार्यालय तथा सार्वजनिक स्थान सरसफाइ र साँझ दिपावली गरिने छ । संविधान दिवसको दिन शुक्रबार बिहान आदर्श स्कुलबाट प्रभातफेरि निकालिने छ ।

प्रभातफेरि बजार परिक्रम गरी शहीद रंगशालामा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाले मार्च पास गर्नेछन् भने विभिन्न झाँकीहरु प्रस्तुत गरिनेछ । प्रवक्ता थापाका अनुसार विद्यालय र विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ