राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले लिए शपथ

राजनीति

3/4/2020

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाएका छन् ।

एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार खाली हुने ठाउँमा गएको माघ २४ गते चुनाव भएको थियो । चुनाव भएका १८ ठाउँमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ सदस्यलाई शपथ खुवाएसँगैै राष्ट्रियसभाका नवनियुक्त सदस्यले औपचारिक जिम्मेवारी पाएका हुन् ।

राष्ट्रिय जनता पार्टीले दुई सिट पाएको छ । अरु दलका उमेदवारले भने कुनै पनि ठाउँमा जित हाँसिल गरेन । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन । यसैबीच औपचारिक जिम्मेवारी पाएसँगै नवनियुक्त राष्ट्रिय सभा सदस्यहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुची र पाँचौँ अधिवेशनको २१ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट एकजना मन्त्रीले प्रतिवेदन पेश गर्नुहुनेछ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ