राष्ट्रहितलाई सर्वोपरि राख्न आग्रह

राजनीति

10/14/2019

काठमाडौं, २६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन् ।

उनले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्नेमा जोड पनि दिए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै डा. यादवले भने, ‘‘गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेता नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउँदैन थियो ।’’ 

पूर्व राष्ट्रपति यादवले कोइरालाले चारवटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उनलाई कसैले थुन्ने आँट नगरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ