विभेद जारी रह्यो भने फेरी क्रन्तिको सुरुवात हुन्छ : उपेन्द्र यादव

राजनीति

2/22/2020

इमरान खान, कपिलवस्तु, ११ फागुन । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले विभेद जारी रह्यो भने फेरी क्रन्तिको सुरुवात हुने बताएका छन् ।

सरकारलाई जवाफ दिनको लागि समाजवादी पार्टी आन्तरिक गृहकार्यमा जुटेको पनि उनले बताए । समय आए छि मधेशका जनताहरुले सरकारलाई जवाफ दिनेछन्, सरकारले मधेशी जनताको हक अधिकार अझै दिएन भने ठुलो क्रन्ति हुने सम्भावना छ यादवले भने । समाजवादी पार्टीको कपिलवस्तुमा भएको आमसभामा बोल्दै यादवले यस्तो बताएका हुन् ।

उनले भने मधेशमा अझै नागरिकताको विभेद रहेको छ । धेरै नागरिकले आझै नागरिकता पाएका छैनन् । नागरिकता नपाउने वास्तविक नेपालीहरु भने धेरै रहेको उनले बताए । नेपाल बन्नुभन्दा धेरै अगाडिदेखि यहाँ बसोबास गर्ने थुप्रै नेपालीका सन्तानले नागरिकता पाउन सकेका छैनन् । ‘नेपालमा धेरै ठूला माफियाहरुले नागरिकता पाए ।

यहाँका आदिवासीले भने अहिलेसम्म नागरिकता पाएका छैनन् पार्टी अध्यक्ष यादवले भने, ‘पैसा र अनुहार हेरे नागरिकतामा विभेद नगरियोस् ।’ आफूहरु विदेशीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको भन्दै उनले लिने र दिने दुबैलाई कारबाही गर्नुपर्ने बताए । तर, नेपाली नागरिकका सन्तानलाई नागरिकता बिहीन बनाउन नहुने बउनको भनाई थियो । ‘नेपाली नागरिकका सन्तान देशभित्र बाहिर जहाँ जन्मे पनि नागरिक नै हुन् । जबसम्म नागरिकता त्याग्दैन, उ नेपाली नागरिक नै हो’ उनले भने, ‘कुनै पनि व्यक्तिलाई राज्य र राष्ट्रियता विहीन बनाउनु ठूलो अपराध हो । 

जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’ नागरिकतामा लैगिंक असमानता पनि रहेको उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए । नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ । जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने उनको भनाइ थियो । अहिलेको सरकार पुर्ण रुपमा असफल भएको पनि यादवले बताएका छन् । उनले भने सरकारको काम कारवाही सबै भ्रष्टचारीले चलाएको उनको आरोप छ । कम्यूनिष्टहरुको सरकार आएसँगै भ्रष्टचार, लुट बढ्दै गएको छ । नेपाललाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान चलाए पनि दुखी नेपाली दरिद्र नेपाल बनाउने प्रयासमा सरकार लागेको अरोप उनले लगाए । दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिएमा हामी सरकारसँग लड्न र अन्दोलन गर्न तयार छौ यादवले भने ।

शुद्धोधन गाउँपालिका अध्यक्ष समाजवादीमा 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्ष सँगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष पनि प्रवेश गरेका छन । स्वतन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

निसार २०४७ साल देखि मधेशको राजनिति गर्दै आएका थिए । उनले सदभावना पार्टी गजेन्द्र नारायाण सिंहको पालादेखि नै मधेशको राजनितिमा आएका थिए । स्थानिय तहको निर्वाचनमा राजापाले चुनाव बहिषकार गरे पछि निसार स्वातन्त्र चुनाव लडेका थिए ।

स्वातन्त्र चुनाव जितेका निसार मधेशको लागि काम गर्ने समाजवादी पार्टी रहेकोले समाजवादी पार्टीमा प्रवेश गरेको बताएका छन् । मधेशी जनता मत्रै हैन नेपालमा उत्पिडानमा परेको हरेका वर्गको पहिचान अधिकारको लागि संघर्ष गरिरहेको समाजवादी पार्टी रहेकोले आफु समाजवादी पार्टीमा प्रवेश गरेको बताएका छन् ।

साथै नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डेय सचिव काशीनाथ पाठक लगायत ठुलो संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन । मायादेवी गाउँकार्य पालिका सदस्य ईनरमति लोध पनि प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ