काठमाडौं, ४ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कैद मुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी, नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विनासर्त तत्काल रिहा नभए सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी पनि दिए ।
गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्रा्ष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरूको काठमाडौं घोषणा पत्र सार्वजनिक गर्दै उनले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दवाव दिएको बताए ।
तपाईको प्रतिक्रिया