लोकसेवा आयोगको विज्ञापन विरूद्ध सांसदहरूको हस्ताक्षर अभियान, बाबुरामद्वारा हस्ताक्षर गर्न अस्वीकार

राजनीति

7/15/2019

काठमाडौं, ३० असार । लोकसेवा आयोगको असंवैधानिक र असमावेशी विज्ञापनलाई रद्द गरी आरक्षणसहित पुनःप्रकाशनका लागि दबाब दिन सांसदको हस्ताक्षर अभियान सुरु गरिएको छ ।

तराई मधेश राष्ट्रिय परिषद्ले सांसदहरुसँग हस्ताक्षर अभियान सुरु गरेको छ ।

परिषद्का प्रतिनिधिहरुले डा.अमरेश नारायण सिंह, राजेन्द्र श्रेष्ठ, तेजुलाल चौधरी लगायत विभिन्न सांसदलाई भेटि हस्ताक्षर गराएका छन् ।

यसै क्रममा डा.बाबुराम भट्टराईसँग समाजवादी पार्टी कार्यलयमा छलफल भएको परिषद्का सदस्य आनन्द गुप्ताले बताएका छन् ।

उनले आफू सिंगो पार्टीको अध्यक्ष भएकोले केवल एउटा सांसदको हैसियतमा हस्ताक्षर गर्न नमिल्ने तर्क गरे ।

यो विषयमा विभिन्न पार्टीसँग कुरा गरेर रणनीति बनाउने र आजको सदन भित्र दबाबका केही प्रभावकारी कदम उठाउने वचन दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ