ललिता निवास प्रकरणमा मुछिएका नेकपा नेता पौडेलको राजीनामा माग

राजनीति

5/5/2019

रुपन्देही, २२ बैशाख । नेकपा महासचिव एवं सांसद विष्णु पौडेलको राजीनामा नेपाली कांग्रेसका नेताहरुले मागेका छन् ।

ललिता निवास प्रकरणमा मुछिएका पौडेलले नैतिक जिम्मेवारी लिँदै पदीय जिम्मेवारी छोड्नुपर्ने र छानविनमा सहयोग गर्नुपर्ने माग छ ।

रुपन्देही २ का प्रतिनिधिसभाका उम्मेदवार युवराज गिरी, प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ र महेशमान सिह, तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्यासी रामकृष्ण खांण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले संयुक्त पत्रकार सम्मेलन गरेर पौडेलको राजीनामा मागेका हुन् ।

पौडेलका कारण देशकै राजनीति धुमिल भएको गिरीको दाबी छ । उाले भने, ‘रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ भन्न समेत लाज भो ।’

बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ । ‘सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफैं सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरियो’ गिरीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ