सीके राउतद्वारा लालबाबु राउतमाथि आक्रोश !

राजनीति

4/4/2019

काठमाडौं, २१ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले आँधीपीडितलाई राहत दिन प्रदेश २ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनले आज शृखलाबद्ध रुपमा फेसबुक स्टाटस लेख्दै प्रदेश २ सरकारको विरोध गरेका हुन् । उनले लेखेको पहिलो स्टाटसमा ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन ।

जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन । तर अहिले भोकभोकै घरबारविहीन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनतालाई १०–२० दिन सामूहिक रुपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ?’ भनेका छन् । उनले अगाडि भनेका छन, ‘बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?’
उनले सरकार दलित र मुस्लिमविरोधी भन्दै आक्रोश पनि पोखेका छन् । उनले अर्को स्टाटसमा भनेका छन्, ‘बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारिँदा कानमा तेल हालेर सुत्ने यही प्रदेश सरकार । मारिनेको सूची हेरौं । हुरीले बढी पीडित हर्दियाजस्ता दलित बस्तीमा कुनै भीआइपी र राहत पनि पुगेको छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ