लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै राजपाद्वारा पुनः संसद बैठक अवरुद्ध

राजनीति

3/24/2019

काठमाडौं, १० चैत । राष्ट्रिय जनता पार्टी नेपालले मधेश थरुहट आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागर्दै आज पुनः संसद बैठक अवरुद्ध गरेको छ ।

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने भन्दै राजपाले पटकपटक संसद अवरुद्ध गर्दै आएको हो । राजपाको संसद अवरुद्ध यो पाँचौं पटक हो ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसदहरुले बैठकमा अवरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ