नेपालगन्ज, ७ कार्तिक । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राज्यले विकास निर्माणका आधारहरु तयार गरेपनि विकासको काम स्थानीय तहले नै गर्नुपर्ने बताएका छन् ।
बाँकेको खजुरा गाउँपालिकामा प्रदेश ५ कै पहिलो गाउँपालिका स्तरमा बृहत सम्मेलन आयोजना गरिएको खजुरा सम्मेलनको उद्घाटन गर्दै उनले सरकार विकासको गतिमा अघि बढेको बताए ।
पोेखरेलले हरेक विकास योजनालाई जनतासँग जोड्नुपर्ने बताएका छन् । उनले जनताको साथ विनाका विकास योजना कहिल्यै पनि सफल नहुने भन्दै यसमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्न सुझाए ।
अबको १० वर्षमा खजुरा गाउँपालिकाको भविष्य के हुने भन्ने विषयमा योजना बनाएर लाग्न अनुरोध गर्दै पोखरेलले प्रदेशका अन्य स्थानीय तहमा आफ्नो पहिचान फरक बनाउन आग्रह गरे ।
पालिकाको विशेषता र आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुसारको विकास योजना बनाउन उनको लागि आग्रह छ ।
तपाईको प्रतिक्रिया