जनकपुरधाम, २३ असोज । हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शुभकामना दिएका छन् ।
बडा दशै २०७५ को सुखद अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
साथै उनले यस चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव र आपसी भाईचारा कायम गर्न सकोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
तपाईको प्रतिक्रिया