वाणिज्य तथा पारवहन सन्धि पुनरावलोकन बैठक सुरू

राजनीति

11/26/2019

काठमाडौं, १० मंसिर । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ ।

मंगलबार काठमाडौंमा बैठक सुरू भएको नेपाली टोलीको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरिरहेका छन् ।

विशाखापट्टनमबाट जोगबनी (विराटनगर) रक्सौल (वीरगन्ज) र सुनवल (भैरहवा)सम्मका ब्लक कार्गाे ढुवानीसम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ ।

विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ