वीरगन्ज, ३१ भाद्र । शिक्षा पाउने अधिकार सबै बालबालिकाको भएकोले विद्यालयको पहुँच बाहिर कुनैपनि बालबालिका रहनु नपर्ने धारणा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ मा रहेको पन्डित रामदेनी तिवारी आधारभूत विद्यालयमा आयोजित पढाइ मेला कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आजको बालवालिका नै भविष्यको कर्णाधार भएकोले सबै बालबालिका विद्यालय जानु पर्ने बताउँदै उनले प्रारम्भिक पढाइबाट नै बालबालिकाहरुको भविष्य बलियो हुने भएकोले गुणस्तीयतामा ध्यान पुर्याउन शिक्षक शिक्षिकाहरुलाई अनुरोध गरे ।
तपाईको प्रतिक्रिया