राष्ट्रपति र विदेश मन्त्रीबीच भेटवार्ता

राजनीति

8/22/2019

काठमाडौं, ५ भाद्र । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
उनले शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए ।
भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

जयशंकर नेपाल/भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका थिए । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ