मन्त्रिपरिषद्मा व्यापक हेरफेर हुँदै

राजनीति

11/20/2019

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर्दैछन् । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक आजलाई बोलाइएको छ । 

बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको संकेत मन्त्रीहरुलाई दिईसकेका छन् । उनले मन्त्रीहरुलाई तत्काल कुनैपनि औपचारिक कार्यक्रम नराख्न÷नजान पनि सुझाव दिएका छन् । यद्यवी प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरिरहँदा कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।

तर सचिवालय बैठकले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने छ । यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए । 

बुधबार नै मन्त्रिपरिषद् पुनःगठन गर्ने र अपराह्न शपथ ग्रहण गराउने तयारी भए पनि हटाउने र थप्ने मन्त्रीहरूको भने टुङ्गो लागिसकेको छैन । कम्तीमा पाँच र बढीमा १० जनासम्म मन्त्रीहरू हटाउने तयारी प्रधानमन्त्रीको छ । हटाइने मन्त्रीको सूचीमा थममाया थाया, लालबाबु पण्डित, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ र बिना मगर लगायत छन् । गोकर्ण विष्ट पनि हटाउने मन्त्रीको सूचीमा रहेको बताइएको छ ।

यी सबै चौमासिक कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएका मन्त्रीहरू भएको दाबी छ । त्यस्तै थपिनेमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, प्रभु साह रहेको स्रोतका दाबी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ