वीरगन्जमा जनता आवास कार्यक्रम उद्घाटन

राजनीति

3/12/2019

वीरगन्ज, २७ फागुन । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत जनता आवास कार्यालयको प्रदेश नं २ को वीरगंजमा उद्घाटन भएको छ ।

प्रदेश नं.२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र जनता आवासका संयोजक विधायक रमेश पटेलले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका छन् ।

वीरगंजको जिल्ला प्रशासन कार्यालयको हाताभित्र राखिएको कार्यालयबाट निर्माण कार्यको नीति नियम तर्जुमा गर्ने भएको छ ।

सर्वप्रथम प्रदेश नं.२ मा रहेका ८ वटा जिल्लाहरुका महादलितहरुलाई जनता आवास बनाउने योजना रहेको छ ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सर्वप्रथम महादलित, दुसाद, हलखोर, मुसहर र चमारलाई जनता आवास को प्रथम सुविधा दिने प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ