विराटनगरमा जनमत पार्टीको कार्यालय स्थापना, स्वतन्त्र मधेशको मुद्दा नछाडेको दाबी

राजनीति

4/5/2019

विराटनगर २२ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको कार्यालय विराटनगरको हाटखोलामा स्थापना गरिएको छ ।

पार्टी कार्यालयको रिवन काटेर डा. परमेश्वर मुर्मुले जनमत पार्टी कार्यालयको उद्घाटन गरेका थिए ।

पार्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुर्मुले भने, ‘नेपाल सरकारलाई हामाी घुडा टेकाएका छौ । मधेशीको अधिकारको लागि, मधेशी भूमिको लागि, मधेश देशको लागि अब हामी खुला रुपमा जनताको घर–घरमा गई मधेशको मुद्दाको बारेमा चर्चा गर्न पाउँछौ ।’

‘आफ्नो मुद्दालाई जनता समक्ष पु¥याउँछौ । अन्ततः हाम्रो उद्देश्य स्वतन्त्र मधेश नै भएकोले जनमत पार्टीका हामी स्वयम्सेवकहरु चौबिसै घण्टा खटेर मधेशमा रहेको उपनिवेशलाई हटाउने उनको भनाई थियो ।’ मुर्मुले भने ।

सयौंको संख्यामा उपस्थित भएका स्वतन्त्र मधेश गठबन्धन तथा जनमत पार्टीका स्वयम्सेवकहरु अबिर लगाई, कार्यकर्तालाई मिठाई खुवाई खुशियाली मनाएका थिए ।

केही दिनभित्रै जनमत पार्टीको जिल्ला समिति समेत गठन हुने भएको छ । अहिलेलाई मोरङ जिल्लाको संयोजक डा. परमेश्वर मुर्मुलाई तोकिएको छ । सीके राउतको उपस्थितिमा विराटनगरमा एउटा ठूलो सभा गर्ने भएका छन् ।

सो उद्घाटन समारोहमा पत्रकार, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

स्वतन्त्र मधेश गठबन्धनको नामबाट नेपाल सरकारले प्रहरी प्रशासन लगाई धरपकड बढी भएकाले नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरी सिके राउत खुल्ला राजनीतिमा होमिएका दाबी गरेका छन् ।

सीके राउतले प्रयोग गर्ने झण्डा, नारा, मधेश देशको राष्ट्रि गान लगायतका सामग्री प्रयोग भएमा अब धरपकड हु“दैन भनी जनमत पार्टीका स्वयंसेवकहरुले विश्वास लिएका छन् । तर पनि केही राउतको स्वयसेव माथि विशेष प्रहरीको निगरानी रहेको जनमत पार्टीकै एक स्वयम सेवकले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ