काठमाडौं, ६ बैशाख । केही दिन अघि राष्ट्रिय सभागृहबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस, राजपा नेपालसहित मोर्चाबन्दी गरेका ११ दलका विद्यार्थी सङ्गठनले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।
प्रतिपक्षी दलका ११ विद्यार्थी सङ्गठनले बुधबार एक विज्ञप्ति जारी गर्दै वैशाख १३ गते काठमाडौंको माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाएका छन् ।
केपी ओली नेतृत्व वर्तमान सरकार सर्वसत्तावादी र पूर्ण भ्रष्टाचारी प्रमाणित भएको भन्दै त्यसको प्रतिकार गर्न प्रदर्शन गर्न लागेकोले उक्त प्रदर्शनमा सहभागी हुन महासचिव निस्पक्षले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया