कपिलवस्तु, २५ चैत । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । लबनी स्वास्थ्य चौकीको सभाहलमा बन्द सत्रबाट रामनयन यादवको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको हो ।
यस्तै, उपाध्यक्ष गुराहिया (गुडिया) हरिजन, सचिव मनोज यादव, सहसचिव दुधनाथ यादव, कोषाध्यक्ष रबिन्द्र नाउ, सदस्यहरु मो फारुक, संगिता कुर्मी, रामसेवाक लोध, पर्मिला यादव, राधिका गिरी, पंचम यादव लगायत रहेका छन् ।
जिल्ला समन्वय प्रतिनिधिमा मनोज यादव र गुराहिया हरिजनलाई सर्बसहमतिबाट पठाउने निर्णय, ६५ प्रतिनिधिद्वारा गरिएको हो ।
अम्ब्रिष पान्डेयको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
तपाईको प्रतिक्रिया