शहीदको सपना पूरा गर्न पार्टी एकता : प्रधानमन्त्री ओली

राजनीति

3/6/2019

झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना पूरा गर्न पार्टी एकता गरिएको बताएका छन् ।

४६ औं सुखानी स्मृति दिवशको अवसरमा झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।

“म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें” प्रधानमन्त्री ओलीले भने “हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।”

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु त्यसपछिका कम्यूनिष्ट आन्दोलनले पुरा गरेको बताए ।

“झापा आन्दोलनका शहीद मात्र होइन गणतन्त्रका लागि लडेका सबै सहिदहरुको योगदान महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले सुखानीबाट भने “म यही शहीद भूमीबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि शहीदका सपना पुरा गर्नका लागि भएको हो ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ