सिरहा , १ कार्तिक । मुख्यमन्त्री लालबाबु राउतले समाजको सोच परिवर्तन गर्न प्रदेश सरकारले साईकल बितरण अभियान सञ्चालनमा ल्याएको बताएका छन् ।
सिरहाको भगवनपुर गा.पा इनरवा स्थित हनुमान प्रसाद शारदा मा.वि कक्षा ८ मा अध्ययनरत ५० जना छात्राहरुको लागी आयोजित साइकल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजमा ब्याप्त रहेकोे छोराछोरी बीचको विभेद अन्त गर्न यो अभियान सहायक बन्ने बिश्वास व्यक्त गरे ।
समाजको आधा हिस्सा ओगटेका महिलाहरू शिक्षित भए मात्र प्रदेश विकसित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले महिलाहरुको शिक्षा मात्र नभई रोजगारीको ग्यारेन्टीको लागी ५०% आरक्षणको ब्यबस्था समेत गरिसकेको बताए ।
आजको आबश्यकता प्राबिधिक शिक्षाको रहेकोे उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा सम्बन्धित ऐन चाडैं ल्याउन लागेको पनि बताए । कार्यक्रममा पूर्बमन्त्री राजलाल यादव , समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, सजिला यादव, भगवानपुर ग.पा अध्यक्ष चन्देश्वर यादव सहितको उपस्थिति रहेको थियोे ।
तपाईको प्रतिक्रिया