सीके राउतको पार्टी सबैभन्दा ठूलो विभेदकारी रहेको आरोप

राजनीति

12/17/2019

काठमाडौं, २ पुस । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सबैभन्दा ठूलो विभेदकारी रहेको आरोप लागेको छ । जनमत पार्टीकै एक नेता राजीनामा दिँदै यस्तो आरोप लगाएका हुन् ।

जनमतका नेता शिवनारायण पण्डित मंगलबार राजीनामा दिँदै ‘यहाँ जनताको मत जनमत को कदर छैन । मिहनेत गर्नेहरुको कुनै कदर छैन । न पत्याए जनमत पार्टीमा लागेर हेर्नुस । यहाँ डा सीके राउत र जनमत पार्टी को लागि जसले पैसा खर्च गर्छ उसलाई डा सीके राउतले जुनसुकै पद दिन तयार छन् ।’ भनेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘सबैले डा सीके राउत ज्युलाई बिद्वान र वैज्ञानिक भन्छन् तर वहाले आफ्नो नेता कार्यकर्ताहरुलाई मान सम्मान दिन जानेका छैनन् र नेता कार्यकर्ता हरुलाई सम्हालेर राख्न जानेका छैनन् भन्ने मेरो ठहर छ ।’

धेरै जसो जिल्लाबाट एक भन्दा बढ़ी केन्द्रीय सदस्य राखिएको तर पर्सा जिल्लाबाट एक जना मात्र केन्द्रीय सदस्य राखिएको हुनाले डा सीके राउत नेतृत्व गरेको जनमत पार्टी सबैभन्दा ठुलो विभेदकारी पार्टी भएको उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ