सीके राउतसँग गरिएको सहमति खारेज गर्न विवेकशील साझाको माग

राजनीति

3/13/2019

काठमाडौं, २८ फागुन । नेपाल सरकारले डा.सीके राउत समूहसँग गरेको ११बुँदे सहमति र त्यसले सृजना गरेको अन्यौलका सम्बन्धमा विवेकशील साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।

राउतले सार्वभौम अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता केवल जेलबाट मुक्त हुन दिइएको चालवाजीपूर्ण धोकाको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सहमतिको मसी पनि सुक्न नपाउँदै गत आइतबार जनकपुरमा राउत समुहले गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा छ । त्यसको विवकशील साझा घोर भत्सर्ना गर्दछ र त्यस्ता गतिविधि गर्नेहरूप्रति कडाभन्दा कडा कानूनी कारवाहीको माग गर्दछ ।’

सहमतिको लगत्तै सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशील साझा पार्टी नेपाल सरकारसंग जोडदार माग गरेको छ ।

अन्यथा यसले निम्त्याउन सक्ने जटिलताको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने कुरामा समेत सरकारलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ