सीके राउतसँग भएको सम्झौतामा शंका नगर्न प्रचण्डको आग्रह

राजनीति

3/13/2019

विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथकतावादी आन्दोलनमा लागेका डा.सीके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको बताएका छन् ।

उनले राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११ बुँदे सम्झौतामाथि शङ्का नगर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

वर्तमान सरकारले राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ