बुटबल, १० भाद्र । । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछिको पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले यसै वर्षभित्र प्रदेश ५ को राजधानी सबैको सहमतिमा टुंगो लाग्ने पनि जानकारी दिए ।
सबैले दिपावली गर्ने गरी प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लाग्छ मुख्यमन्त्री पोखरेललले भने । संविधानको मूलमर्म अनुसार संघीयता कार्यान्वयन गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीयता कार्यान्वयन सफल रुपमा अघि बढेको उनले भनाई थियो । संघीयता कार्यान्वयन गर्ने सवालमा प्रदेश ५ पहिलो प्रदेश भएको पनि उनले बताए ।
बाढी पहिरोबाट घरवास गुमाएकाहरु घर निर्माणको निम्ति प्रदेश सरकारले जिम्मा लिने उनले बताए । पहिरो प्रभावितहरुको पुर्नवासको लागि केन्द्र सरकारको मुख ताक्नु नपर्ने भन्दै उनले त्यसको जिम्म प्रदेश सरकारले लिने बताए ।
तपाईको प्रतिक्रिया