संघीयता कार्यान्वयन गराउन प्रतिबद्ध : यादव

राजनीति

8/27/2019

इमरान खान, कपिलवस्तु, १० भाद्र । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले संघीयता कार्यान्वयन गराउन आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।

समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादवले आफ्नो पार्टीले सरकारमा रहेर गलत कुराको समर्थन नगर्ने पनि बताएका छन् । कपिलवस्तु जिल्लाको तौलिहवामा प्रेस नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

संघीयताको मर्म अनुसार अघि बढ्नुपर्ने यादवले भनाई थियो । उनले भने– पाएको उपलब्धीलाई कार्यन्वयन गर्न र नपाएको उपलब्धीको लागि पार्टी सरकारमा सहभागी भई संघर्ष गर्दै आएके छ । विश्वको जुनसुकै देशमा स्वास्थ्यमा १० प्रतिशत बजेट हुन्छ तर हाम्रो देशमा स्वास्थ क्षेत्रका लागि ४.४ प्रतिशत मात्र बजेट छुट्याइएको छ यसलाई बढाउनुपर्छ उनले भने ।

सवै जनतालाई आधारभुत सेवा निःशुल्क दिने, इमेरजेन्सी सेवाबाट कसैलाई बन्चित गर्ने छैन र मातृ शिशु कार्यक्रम सवैलाई निःशुल्क गर्नुपर्ने पनि मन्त्री यादवले कार्यक्रममा बताए ।

कार्यक्रम प्रेस नेपालका जिल्ला अध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको प्रमुख आतिथ्यता, प्रदेशसभा सदस्य शहसराम यादव, सन्तोष कुमार पाण्डेय, पुर्वमन्त्री दान बहादुर चौधरीको विशिष्ट अतिथ्यता, समावबादी पार्टीको प्रदेश अध्यक्ष अशोक यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको आतिथ्यतामा भएको थियो भने कार्यक्रमको सञ्चालन रामसेवक यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ