संघीय शिक्षा मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सांसद यादव

राजनीति

3/29/2019

वीरगन्ज, १५ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले प्रदेश नम्बर २ लाई बदनाम गर्न केही समुह लागेको बताउँदै विधार्थीहरुको भविष्यसँग खेलवाड गर्ने संघीय सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।


प्रदेश नम्बर २ मा लगातार दुई दिन एसईइको प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित भएर विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरेको भन्दै सांसद यादवले शिक्षा मन्त्रिको राजिनामा माग गरेका हुन् ।

सांसद यादवले प्रदेश नम्बर २ का एक जिल्लामा प्रश्नपत्र बाहिरीए पछि प्रदेश भरिका जिल्लाको परिक्षा रद्द गर्नु अवैज्ञानिक भएको जिकीर गरे । उनले शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विद्यार्थीहरुको भविष्य संघ खेलवाड गरेको आरोप लगाउँदै अविलम्ब राजीनामा दिन माग गरे ।

सांसद यादवले शिक्षाको क्षेत्रमा प्रदेश नम्बर दुईलाई पछि पार्न षड्यन्त्र अनुरुप संघीय सरकारका मन्त्रीले प्रदेश नं. २ लाई बद्नाम गर्न यस्तो कार्य गरेको आरोप समेत लगाए ।

‘संघीय सरकारले प्रदेश नं. २ लाई बदनाम गराउन यस्तो प्रपञ्च रचेको छ, सांसद यादवले भने, ‘एक जिल्लामा प्रश्नपत्र बाहिरे पछि सम्बन्धित जिल्लाको परिक्षा रद्द गर्नु पर्ने ठाउँमा प्रदेशभरिको परिक्षा रद्द गरेर मधेशका विद्यार्थीहरुलाई मानसिक तनाव थप्ने काम गरिएको छ ।

विद्यार्थीहरुको माग लाई जायज बताउँदै सांसद यादवले यस विषयलाई लिएर सडकमा उत्रेका विद्यार्थीहरुलाई धैर्यता अपाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ