साझा पार्टीको केन्द्रीय समिति विस्तार

राजनीति

9/24/2019

काठमाडौं, ६ असोज । साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नयाँ थपिएका सदस्यहरू रजनी केसी र शरदराज पाठक रहेका छन् । लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील रजनी केसी कास्कीकी एकजना परिचित सामाजिक अभियानकर्ता पनि हुन् ।

कुशल वक्ताका रूपमा पनि ख्याति कमाएकी ४४ वर्षीय केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महशूस गरेर साझा पार्टी निर्माणमा पूर्णरूपले संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी हुन् ।

उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छिन् । चालिस वर्षीय शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन्।

ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन् । उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकका संस्थापक सम्पादक भएर काम गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ