साझा पार्टीको धरान मेयर उम्मेद्वार घोषणा

राजनीति

11/6/2019

काठमाडौं, २० कार्तिक । साझा पार्टीले धरानका सामाजिक अभियन्ता राजन कुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रुपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका वासिन्दा हुन् ।

श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिका भित्र दीर्घकालीन खानेपानीको व्यवस्था गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकार मातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित तथा सुविधायुक्त बनाउन पहल गर्ने पनि श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

सुसंस्कृत राजनीति र समतामूलक सम्वृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन साझा पार्टीले अपील गरेको छ ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख) मा उम्मेद्वार घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ