काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजपा नेपाल सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा लागेका बताएका छन् ।
उनले सरकारले आन्दोलनबाहेक विकल्प बाँकी नराखेको अब बाध्यकारी कदम चाल्ने बताएका छन् । मंगलबार राजपा अध्यक्षमण्डलको बैठकपश्चात् मधेशवाणीसँग कुराकानी गर्दै संयोजक यादवले सो कुरा बताएका हुन् ।
उनले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिरहेको आरोप लगाउँदै यसविरुद्व राजपाले चाँडै आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
संयोजक यादवले अध्यक्षमण्डलको बैठकले महाधिवेशनको स्थानसमेत टुंगो लगाउने जानकारी दिएका छन् । यसैगरी, सो बैठकमा समाजवादी पार्टीसँग एकता, महाधिवेशनको तयारी, शक्ति संचय र प्रदेश २ मा राजपाका मन्त्रीहरुको कामकारबाहीकोसमेत समीक्षा हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया