प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक

राजनीति

4/4/2019

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज विहान भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका छन् । “कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्दछ ।

कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद् अघिल्लो बैठकले पास गरेका २९ बुँद्देको कार्यन्वयन तदारुकताका साथ गरिने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहत र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ