‘सेनालाई सीमामा पठाउने कि सडक खन्न ?’

राजनीति

11/11/2019

काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनालाई सीमा सुरक्षामा पठाउने कि सडक खन्न भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै सांसद् सिंहले सेनालाई सीमा सुरक्षामा पठाउनुपर्ने धारणा राखेका हुन् । ‘नेपाली सेनालाई सीमा सुरक्षा गर्न पठाउने कि सडक खन्न र पेट्रोल पम्प खोल्न लगाउने ?’ प्रश्न गर्दै सांसद सिंहले भने । 

कांग्रेसकै सांसद डिला संग्रौलाले कालापानी समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ छलफल हुनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ