काठमाडौं, २८ साउन । समाजवादी पार्टीका सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा बुझाएसँगै जनमत पार्टी अध्यक्ष डा.सीके राउतको पनि चर्चा चलिरहेको छ ।
उपनिर्वाचनमार्फत जनमत पार्टीका अध्यक्ष डा. राउतलाई प्रतिनिधिसभामा ल्याउन खोजिएको चर्चा पनि हुन थालेको छ ।
स्वतन्त्र मधेशको मुद्दा छाडेर रातारात मूलधारको राजनीतिमा आएका डा.राउतसँग सरकारले गोप्य सहमति गरेको चर्चा हुन थालेको छ ।
डा.राउतलाई प्रतिनिधिसभामा ल्याउनकै समाजवादीका सांसद यादवलाई राजीनामा दिन लगाएको उच्चस्रोतको दावी छ ।
यता, समाजवादी पार्टीले रणनीतिकरुपमा राजपासँग एकीकरणको चर्चा चलाएको छ भने अर्कोतर्फ भित्रभित्रै डा.राउत नेतृत्व पार्टीसँग एकीकरण गर्ने गृहकार्य पनि भइरहेको स्रोतको दाबी छ ।
तपाईको प्रतिक्रिया