समाजको विकासका लागि छोरी शिक्षामा लगानी : वडाअध्यक्ष साह

राजनीति

3/4/2019

रौतहट, १७ फागुन । निर्वाचित भएदेखि छोरीहरुको प्राविधिक शिक्षा निःशुल्क रुपमा निजि स्रोतबाट दिँदै आएका गौर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष भरत साहले निःशुल्क कम्प्युटर शिक्षाको पाचौं सत्र सफलतापूर्वक सम्पन्न हुन लागेको देखेर आफु निकै उत्साहित रहेको बताएका छन् ।

आफ्नै कार्यकक्षमा पत्रकारसँग छोरीहरुको शिक्षाको विषयमा संक्षिप्त कुरा गर्दै वडा अध्यक्ष साहले सामाजिक विकासको एउटा महत्वपूर्ण पाटो शिक्षा रहेको ठहर गरे ।

आधुनिक वैज्ञानिक यगमा पुरुष मात्र शिक्षित भएर समाज राष्ट्र शिक्षित नहुने जिकिर गर्दै साहले परिवार, समाजको विकासको लागि शिक्षामा लगानीको विकल्प नरहेको बताए ।

प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ अभियान ल्याएकोले त्यसै अभियानलाई सफल बनाउने उद्देश्यले आफूले निःशुल्क कम्प्युटर कक्षा संचालन गर्दै आएको उल्लेख गरे ।

फाल्गुन १९ गतेदेखि २९ गतेसम्म छैठो सत्रका लागि नयाँ भर्ना लिने तथा चैत्र १ गतेदेखि कक्षा शुरु गरिने जानकारी गराउँदै वडाअध्यक्ष साहले आफ्नो अवधिसम्म यस कार्यको निरन्तरता दिने बताए ।

बालिकालाई शिक्षित बनाउने आफनो लक्ष्य रहेकोले जुनसुकै हालमा आफ्नो लक्ष्य पूरा गरेर छाड्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ